२०८२ फाल्गुन २३ , शनिवार

बालेनले माघ ५ गते राजीनामा दिने, झापा-५ बाट चुनाव लड्ने तयारी

balen-e1684685164446

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् । बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

बालेनको सचिवालयका एक सदस्यले उनले राजीनामा दिने तयारी अन्तिम चरणमा पुगेको पुष्टि गरे। ‘उहाँले राजीनामा दिने निश्चित भएको छ। माघ ५ गते विधिवत् रूपमा राजीनामा आउँछ,’ सचिवालयका ती सदस्यले जानकारी दिए।

मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह निर्वाचनको तयारीका लागि झापा–५ जाने योजनामा छन्। स्रोतका अनुसार उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने गरी आन्तरिक छलफलमा जुटेका छन्।

पछिल्लो समय बालेनको यो कदमलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। काठमाडौँ महानगरको नेतृत्व सम्हालेको केही वर्षमै राष्ट्रिय राजनीतिमा होमिन उनले यस्तो निर्णय लिएका हुन्।