
सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।
उनले सुशासनमा कांग्रेस कहाँ चुक्यो भनेर बुँदागत रुपमा केलाएका छन् ।
प्रतिवेदनमा शर्माले विगतका गल्ती सच्याउने १५ बुँदे संकल्पहरू पनि प्रस्तुत गरेका छन्। यसमा विगतमा के गल्ती भएको थियो र त्यसलाई कसरी सच्याउने भन्ने कुरा बुँदागत रूपमा राखिएको छ।
उनले नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे, तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र चिर्न किन सकेनौं रु यो विषम परिस्थिति सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा गर्दै नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न हामी सक्छौं कि सक्दैनौं ? जस्ता प्रश्न पनि उनले प्रतिवेदनमा उठाएका छन् ।