२०८२ फाल्गुन २४ , आइतवार

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज : के के छन् छलफलका बिषय ?

Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । उद्घाटन सत्र आइतबार साँझ अबेरसम्म  सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो ।

महाधिवेशन व्यवस्थापन सचिवालयले  बिहानको खाजापछि बन्दसत्र सुरु गरिने जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।

 

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।