२०८२ फाल्गुन २३ , शनिवार

उज्यालो नेपालले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

news_h2j5tr5hjdn

सुनाखरी न्युज/ काठमाडौं ।

उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक बोलाइएको छ । आज अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सँग एकता प्रक्रिया भाँडिएसँग केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

कुलमान घिसिङ उपसभापति पद हुने गरी दुई पक्षमा सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन । समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागु नभएको उज्यालो नेपालले जनाएको छ ।

पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।