२०८२ फाल्गुन २४ , आइतवार

धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

dhanusha-1-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

धनुषाको मिथिला नगरपालिका – २ सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको छ ।

झडपमा घाइते हुनेहरू स्थानीय रहेको प्रहरीको भनाइ छ ।  स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ ।

नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिए ।

स्थानीयहरूले जनकपुर ढल्के सडक पनि अवरुद्ध गरेका छन् ।