२०८२ फाल्गुन २२ , शुक्रवार

कालो ओठलाई गुलाबी कसरी बनाउने ?

lips1617343424_1200

सुनाखरी न्युज/ काठमाडौं ।

सुन्दर, मुलयाम तथा गुलाबी ओठ बनाउन कसलाई मन पर्दैन र रु तर चाहँदैमा सबैसंग यस्तो प्रकारको ओठ हुदैन । कतिपयका ओठ कालो, हल्का निलो समेत हुने गर्छ । अहिले धेरै ब्यक्ति घरमै फुर्सदमा बसेको अवस्थामा आफ्नो ओठको केही स्याहार गरेमा ओठमा चमक ल्याउन सकिन्छ ।
लिपबाम

एसपीएफ २० समावेश भएको लिपबाम र लिपस्टिक प्रयोग गर्नुपर्छ । एसपीएफ ३० भन्दा माथिको लिपबाम प्रयोग गर्नु हानिकारक मानिन्छ । ओठ अत्यन्तै नरम हुने भएकाले यसले धेरै साइड इफेक्टहरू निम्त्याउन पनि सक्छ ।

मृत छाला हटाउने

चिनी र महको प्याकले ओठका मृत छाला हटाउनका लागि प्रभावकारी मानिन्छ । राती सुत्नुअघि बदामको तेलले ओठमा मुलायम ढंगले मसाज गर्दा ओठको ओसलाई कायम राख्न सक्छ । ध्युकुमारीको जेलमा मिसाएर पनि ओठका मृत छाला हटाउन सकिन्छ ।

पानी पिउने

पानीको अभावले ओठ पनि कालो हुन सक्छ, त्यसैले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै नरिवलपानी, जुस, सुप तथा खरबुजा जस्ता फलफुलको सेवनले शरिरमा पानीको मात्रा घट्न दिदैन् ।

तिल र नरिवलको तेलको लेप :   सानो कचैरामा आधा चम्चा तिल र आधा चम्चा नरिवलको तेललाई राम्रो संग मिलाउने । त्यो तेललाई राती सुत्नु भन्दा अगाडी ओठमा लगाएर हल्का मसाज गर्ने । बिहान उठेर मनतातो पानीले पखाल्ने । यो प्रक्रिया एक महिनासम्म लगातार गर्ने । यस्ले तपाईको ओठलाई गुलाबी र कोमल बनाउछ ।

 

जैतुनको तेल र चिनी :  जैतुनको तेल केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दाने । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँछन्, तपाईंको ओठको सौन्दर्य बढ्छ ।

गुलाबको पत्ता : ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने।

कागती :  कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउने ।