२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो, आजको मूल्य कति ?

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा शुक्रबार ( पुस २५)  सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार ( पुस २४)  छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँमा कारोबार थियो ।