२०८२ फाल्गुन २३ , शनिवार

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान, १८ वटा उपसमिति गठन

congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ ।

काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै  विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।

 

‘पार्टीले २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतस् निर्विकल्प विकल्प बनेको छ ।’

बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।

 

पुस २८ र २८ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन घोषणा भएको छ।

बुधबार काठमाडौंमा विशेष महाधिवेशन पक्षधरका नेताहरूले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन घोषणा गरेका हुन्।

विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति पनि गठन गर्दै त्यसको संयोजक तोकेको छ।

जसअनुसार पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य समन्वयको संयोजक मधु आचार्य तोकिएका छन्।

जनपरिचालन र जुलुस व्यवस्थापन उपसमितिको संयोजक जगदीश नरसिंह केसी तोकिएका छन्।