२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

Nepse-ffff

सुनाखरी न्युज/काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से बुधबार  १३.३५ अंक घटेको छ । गिरावट पछि नेप्से २६३५ अंकमा कायम भएको छ । अघिल्लो दिन २६४९ अंकमा थियो ।

कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १७ करोडमा खुम्चियो । कुल ६२ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने १० को स्थिर रह्यो ।