
सुनाखरी न्युज/काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से बुधबार १३.३५ अंक घटेको छ । गिरावट पछि नेप्से २६३५ अंकमा कायम भएको छ । अघिल्लो दिन २६४९ अंकमा थियो ।
कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १७ करोडमा खुम्चियो । कुल ६२ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने १० को स्थिर रह्यो ।