
सुनाखरी न्युज/ काठमाडौँ ।
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन कार्यालय मधेस प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।ठाकुरको समर्थक रानी शर्मा तिवारी र प्रस्तावक जयनुल राईन रहेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) र जसपा नेपालबीच पुस १४ मा एकता गर्ने निर्णय भएको थियो। दुवै दलबीच एकीकरण भएपछि जसपाले ठाकुरलाई उम्मेदवार बनाएको हो। ठाकुर लोसपाका अध्यक्ष थिए।
राष्ट्रिय सभामा कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल भएको छ। राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपाललाई १ सिट बागबन्डा भएको छ।