२०८२ फाल्गुन २२ , शुक्रवार

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

Pahad_Bho_Malai_L74MoK5uKt

सुनाखरी न्युज / काठमाडौं ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न‘’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि तथा गीतकार दिनेश अधिकारीको शब्द- रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।​

टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ ।