२०८२ फाल्गुन २२ , शुक्रवार

सुन मुल्य घट्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउ बुधबार  सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । महासंघले सुनको भाउ आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । पुस १३ गते सुनको भाउले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । सो दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

चाँदीको मूल्यले बुधबार  नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । यसअघि पुस १४ गते चाँदीको भाउले ४ हजार ८९५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।