२०८२ फाल्गुन २२ , शुक्रवार

तरलता व्यवस्थापन गर्न २० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

NRB-Rastriya-Banijya-Bank-1726141828

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज ( पुस २३ गते )  फेरी २० अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । बैंक तथा वित्तिय संस्थामा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले लगातार ऋणपत्र जारी गरेको हो ।

बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ जारी गरेको हो भने सो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । यो एकवर्षे अवधिको ऋणपत्र हो ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।