२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

Gold Silver

सुनाखरी न्युज/ काठमाडौँ । 

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।

मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।