२०८२ फाल्गुन २३ , शनिवार

रास्वपा सचिवालय बैठक बस्दै, के के छन् छलफलका एजेन्डा ?

Rastriya-Swatantra-party

सुनाखरी न्युज/ काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

 

प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ ।