२०८२ फाल्गुन २२ , शुक्रवार

सुन चाँदीको मुल्य बढ्यो, तोलामा कति ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउ मंगलबार  तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ ।अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको थियो ।

चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।