२०८२ फाल्गुन २२ , शुक्रवार

एकैदिन चार हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

Gold

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार ६ सय रूपैयाँ बढेको हो।

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

 

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

चाँदी सोमबार चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको  थियो।

 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ बढेको हो।