२०८२ फाल्गुन २२ , शुक्रवार

भीमफेदी  दुर्घटना अपडेट : यी हुन् ज्यान गुमाउने ६ जना

tata-sumo-acc-e1767536439628

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिचय खुलेको छ ।काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

घाइतेमध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । उनीहरुमध्ये दुई जना भारतीय छन् भने दुई जनाको परिचय खुल्न बाँकी छ ।

हेटौँडा अस्पतालमा मृत्यु भएकाहरुः
१। भारत, बिहार राज्य, पटना बस्ने ४२ वर्षीय रजनिश कुमार
२। मकवानपुर, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल ।
३। हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल ।
४। भारत, बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार ।
५। नाम थर वतन नखुलेको ३६ वर्षीय पुरुष ।
६। नाम थर वतन नखुलेको, ४० वर्षीय पुरुष ।