२०८२ फाल्गुन २२ , शुक्रवार

‘गोबर गणेश’ ले ग्रामीण युवाको संघर्ष र सपनाको कथा बोल्ने

gobar-ganesh-1536×1024

सुनाखरी न्युज/ काठमाडौं ।
टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ ( बल्छी धुर्बे)  को निर्देशकीय डेब्यु फिल्म ुगोबर गणेशु को ट्रेलर सार्वजनिक गरिएको छ। टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ ( बल्छी धुर्बे) को निर्देशकीय डेब्यु फिल्म ुगोबर गणेशु को ट्रेलर सार्वजनिक गरिएको छ।

गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौँ सहर नरहेको यथार्थलाई ट्रेलरमा चित्रण गरिएको छ। फोहोर उठाएर भए पनि जिन्दगी बदल्ने अठोट बोकेको युवकको कथा, सहरको संघर्षशील जीवन र त्यसले परिवारका सपनामा पार्ने प्रभावलाई ट्रेलरले प्रष्ट पारेको छ। विशेष गरी घरमा पुलपुलिएको छोरो सहरमा आफ्नै कमाइमा बाँच्न खोज्दाको सकस र छोराको दयनीय अवस्था थाहा पाउँदा आमाले व्यक्त गर्ने भावना ट्रेलरको मुख्य पाटो हो।

चलचित्र माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ। ‘बल्छी धुर्वे फिल्मस’को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्। उनीहरूसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ। शिवराम श्रेष्ठको छायाङ्कन र विपिन मल्लको सम्पादन रहेको यस चलचित्रलाई श्री ब्याङ्कटेश इन्टरटेनमेन्टले वितरण गर्दैछ।