
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई सञ्चालन गर्न विशेष टोली गठन गरिएको बताएका छन् । यस टोलीमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेग्सेथ र अन्य शीर्ष अधिकारीहरू समावेश हुनेछन् ।फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण गर्न सक्दैनौँ।” उनले जोड दिए, “यो हस्तान्तरण सोचविचारपूर्वक हुनुपर्छ किनभने हामी भेनेजुएलाका जनताको हित सुनिश्चित गर्न चाहन्छौँ।’
विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ लगायतका शीर्ष अमेरिकी अधिकारीहरूले भेनेजुएला चलाउन मद्दत गर्न एक टोलीसँग मिलेर काम गर्ने बताउनुभयो । ट्रम्पले थप अमेरिकी सैन्य संलग्नताको सम्भावनालाई नकार्न अस्वीकार गर्नुभयो । आफूहरु प्रत्यक्ष सैन्य उपस्थितिका लागि नडराउने उहाँको भनाइ छ । जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले पत्रकार सम्मेलनमा भेनेजुएलामा ठूलो मात्रामा आक्रमण र मादुरोलाई पक्राउ गरेपछि अमेरिकी सेना त्यस क्षेत्रमा रहने बताउनुभयो । संक्रमणकालमा भेनेजुएलामा अमेरिकी सैन्य उपस्थितिको सम्भावनाको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफूहरु तेलसँग सम्बन्धित विषयमा भेनेजुएलामा उपस्थित हुने बताउनुभएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा पूर्वाधार कब्जा गर्न र लगानी गर्न अनुमति दिने र देशका लागि पैसा कमाउन शुरु गर्ने योजना बनाएको बताउनुभयो ।उहाँले आफूहरुले जमिनबाट ठूलो मात्रामा सम्पत्ति निकाल्ने र त्यो सम्पती भेनेजुएलाका जनता र भेनेजुएलामा बस्ने गरेका बाहिरका मानिसहरूमा जाने बताउनुभयो । मादुरोलाई हिरासतमा लिएर र महिनौंको सैन्य दबाब अभियान शुरु गरेर ट्रम्पले आफ्नो प्रशासनले १९औं शताब्दीको सुरुमा ल्याइएको मोनरो डक्ट्रिनलाई अतिक्रमण गरेको बताउनुभयो ।