२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको भाउ तोलामा २९ सय रुपैयाँ बढ्यो, चाँदीको कति ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।