२०८२ फाल्गुन २२ , शुक्रवार

सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचकसँगै कारोबार रकम घटेर ४ अर्ब ७१ करोड

Share-Working

सुनाखरी नयुज/ काठमाडौं ।
नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन  बिहीबार  घटेर बन्द भएको छ। बुधबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।