२०८२ फाल्गुन २२ , शुक्रवार

काठमाडौं महानगर प्रहरी बलका ७ निरीक्षक डीएसपीमा बढुवा (सूचि सहित)

kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डीएसपीमा बढुवा भएका छन् ।

महानगर प्रहरी बलको ४५औं कार्यपालिका बैठकले बलमा रिक्त सात डीएसपी पदमा वरिष्ठतम् नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो ।

डीएसपीमा बढुवा भएका उनीहरूलाई बिहीबार महानगरको काठमाडौं प्लाजास्थित कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिँदै छ ।

११ पुसमा बसेको कार्यपालिका बैठकको निर्देशनपछि लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाललाई डीएसपीमा बढुवा गर्ने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले १४ पुसमा गरेका थिए ।