२०८२ फाल्गुन २२ , शुक्रवार

सन् २०२५ मा भित्रिए १० लाख बढी विदेशी पर्यटक

pokhara-tourist

सुनाखरी न्युज/ काठमाडौं ।

सन् २०२५ मा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।

 

विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन् । नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

यसैगरी, यो वर्ष नेपालबाट १५ लाख बढी नेपाली विदेशिएका छन् । नेपालीहरू अध्ययन र रोजगारका लागि विदेशिने गर्छन् ।