२०८२ फाल्गुन २२ , शुक्रवार

डा. कुन्जाङ शेर्पा नेपाल मेडिकल काउन्सिल उपाध्यक्षमा विजयी

photo-nma-winner

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा डा.  कुन्जाङ शेर्पा उपाध्यक्षमा विजयी हुनुभएको छ ।

मंगलबार सम्पन्न मतगणना अनुसार उहाँले डा.  गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्ष पदमा जित हाँसिल गर्नुभएको हो ।

त्यसैगरी सदस्य पदमा डा। छविलाल पन्थी, डा.  सारिका गोइत, डा.  दिपेन्द्र पाण्डे, डा.  योविन यादव, डा.  अस्मिता पोख्रेल, डा.  सम्राट पराजुली, डा.  रविन बस्नेत, र डा.  नीना राई बिजयी हुनुभएको छ ।

मतहरूको औपचारिक संख्या केही बेरमा सार्वजनिक गरिने काउन्सिलले जनाएको छ।