२०८२ फाल्गुन २२ , शुक्रवार

एकैदिन ह्वात्तै घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

gold-1-1024×777

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ । सुनको भाउ मंगलबार  ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

 

त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।