
सुनाखरी न्युज/ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन समेत किन्न नसकिएको बताएकी छन् ।आज बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले खरिद प्रक्रियामा देखिएको समस्याका कारण पछिल्ला दुई वर्षदेखि सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक पर्ने आइरन चक्की समेत सरकारले किन्न नसकेको बताउनुभएको हो ।उनकाअनुसार टेन्डर प्रक्रियामा प्रदेशले ६० रुपैयाँमा किनेको औषधि केन्द्रमा टेन्डर गर्दा ८२ रुपैयाँ पनि पर्न जान्छ । यस्तो जटिल समस्याको अन्त्य गर्न सरकारले स्वदेशी औषधि उत्पादकसँग प्रत्यक्ष संवाद गरेर आवश्यक औषधि खरिद गर्ने नयाँ मोडालिटीमा जान खोजेको उनले जानकारी दिइन् ।
उनले आवश्यक पर्ने औषधि र तीनीहरूको डाटा जम्मा गरेर देशभित्र औषधि उत्पादक ती औषधिको मूल्य र गुणस्तर माग गरी खरिद गर्ने तयारी गरेको जानकारी दिइन् । खरिद प्रणालीमा हुने टेन्डर प्रक्रियामा भाग लिन नपाएका कम्पनीलेहरूले उजुरी दिने लगायतका कारण समस्या आएको मन्त्री गौतमले उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारहरूले आ–आफूले औषधि खरिद गर्दा पनि समस्या भएको बताउनुभयो । खरिदका क्रममा प्रदेश र सङ्घीय सरकारको मूल्य फरक फरक पर्ने हुँदा प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ ।
गौतमका अनुसार टेन्डर प्रक्रियामा प्रदेशले ६० रुपैयाँमा किनेको औषधि केन्द्रमा टेन्डर गर्दा ८२ रुपैयाँ पनि पर्न जान्छ । सरकारले खरिदको ग्यारेन्टी लिएमा औषधि उत्पादकहरूले अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० को आधा मूल्यमा औषधि दिनसक्ने बताएको उहाँको दाबी छ । मन्त्री गौतमले स्वास्थ्य बीमा सुधार गर्न खोजिएको पनि जानकारी दिनुभयो । उहाँका अनुसार बीमामा कहिले औषधि नपाउने, कहिले लामो लाइन बस्नुपर्ने समस्या छन् ।