
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। समानुपातिक समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ । पार्टीमा समानुपातिकतर्फ उम्मेदवार बन्न ४१४ जनाले आवेदन दिएका थिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार ( पुस १४) हो । समानुपातिक समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ ।पार्टीले समानुपातिकतर्फ ३८७ जनाको नाम सार्वजनिक गरेको हो। सार्वजनिक सूचीमा खसआर्य, जनजाति, मुस्लिम, मधेसी, दलितलगायत विभिन्न समुदायको प्रतिनिधित्व गरिएको छ। समानुपातिक समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ ।
भोटिङमार्फत उम्मेदवार चयन गरेको रास्वपाले ‘चर्चित अनुहार’लाई समानुपातिकमा राखेको छ । रास्वपाले आन्तरिक रुपमा मतदानमार्फत उम्मेदवार चयन गरेको छ । जसअनुसार रमेश प्रसाईंले सबैभन्दा बढी मत ल्याएर समानुपातिक उम्मेदवार सूचीमा राख्न सफल भएका छन् । उनले १८ हजार २२३ मत पाएका छन् ।
प्रमोद न्यौपाने, रञ्जु दर्शना, टीका ( ज्वाला ) संग्रौला, समीक्षा बाँस्कोटा, लीमा अधिकारी ( एमाले नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीकी पुत्री) , समीक्षा बाँस्कोटा, विपिनकुमार आचार्य, कान्ति शिखा धिताल, स्मृति सेन्चुरीलगायत चर्चामा रहिरहने व्यक्तिलाई रास्वपाले समानुपातिक सूचीमा राखेको छ । आन्तरिक मतदानमा सबैभन्दा बढी मत ल्याएका उनीहरुको नामसहितको बन्दसूची रास्वपाले आयोगमा बुझाउने तयारी गरिरहेको छ ।