
सुनाखरी न्युज/काठमाडौँ ।
सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उनले सरकारी निवास छोड्ने तयारी पनि गरेका छन् ।
संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने हुँदा घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको उनको भनाइ छ ।
संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेको प्रतिनिधिसभाका सभामुख, उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल हुने उल्लेख छ ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदै छ ।
यसहिसाबले सभामुख र उपसभामुखको कार्यकाल आज गएराति १२ बजेदेखि सकिएको छ ।