२०८२ फाल्गुन २२ , शुक्रवार

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

Gold High

सुनाखरी न्युज/ काठमाडौ ।

साताको पहिलो दिन आइतबार  ( पुस १३ )  सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार  ( पुस ११ )  पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।