२०८२ फाल्गुन २२ , शुक्रवार

ललितपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा सुनचाँदी जाँचकी प्रशिक्षण कार्यक्रम शुभारम्भ

FB_IMG_1766768631104-1024×683

सुनाखरी न्युज/ ललितपुर ।

ललितपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा ललितपुरमा सुनचाँदी जाँचकी क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ ।

ललितपुर सुनचाँदी व्यवसायी  संघका अध्यक्ष सुविन बज्राचार्यको अध्यक्षतामा शुक्रबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिका सह-संयोजक एवं वडा नम्बर ६ का वडा अध्यक्ष रूपेन्द्रराज शाक्यको प्रमुख आतिथ्यता रहेको थियो।

 

प्रशिक्षण कार्यक्रम ललितपुर उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा आयोजना भइरहेको छ । कार्यक्रमको प्रमुख प्रशिक्षकमा संघका उपाध्यक्ष विपिन शाक्य रहनुभएको छ । कार्यक्रम पुष ११ गते शुक्रबारदेखि दश दिनसम्म सञ्चालन हुनेछ ।

यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकायबिच विश्वासको वातावरण सिर्जना हुने प्रमुख अतिथि शाक्यले बताउनुभयो।