२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाली बैंकिङ क्षेत्र पनि एआईबाट संचालन हुने, कस्तो बन्दैछ मस्यौदाको प्रारुप

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बौद्धिकता एआई प्रयोगको लागि बाटो खोल्ने भएको छ । केन्द्रीय बैंकले यसका लागि  मार्गदर्शनको मस्यौदा तयार गरेको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पुस १५ गते भित्र मस्यौदामाथि सुझाप पेश गर्न भनेको छ । केन्द्रीय बैंकले मस्यौदा सार्वजनिक गरेर सुझाव मागेको हो ।

मार्गदर्शन लागु भएपछि राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरूले एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न सक्ने छन् । यसमा क्रेडिट स्कोरिङ, ठगी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन जस्ता अनुप्रयोगहरू समावेश छन्। एआईले ग्राहकहरूको ऋण योग्यता मूल्यांकन गर्न, ठगीजन्य गतिविधिहरू पहिचान गर्न वा स्वचालित च्याट मार्फत ग्राहक सहायता प्रदान गर्न सहयोग गर्ने छ । यस्ता प्रयोगहरूले संस्थाको दक्षता र क्षमता बढाउन सहयोगि हुने छ । ततपश्चात एआई प्रणालीको नतिजा र निर्णयलाई संचालक समिति र व्यबबस्थापन पक्षले वहन गर्नुपर्ने छ । एआई प्रणालीहरूलाई उच्च जोखिम वा न्युनजोखिम भनेर वर्गीकरण गरेपछि सहज हुने छ । डाटा गुणस्तर, साइबर सुरक्षा र नैतिक प्रयोगमा विशेष ध्यान दिइने जनाइएको छ ।

एआईको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोगलाई प्रोत्साहन दिन नयाँ मार्गदर्शन बनाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ ।