
सुनाखरी न्युज/ काठमाडौं ।
गृह मन्त्रालयले १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू हेरफेर गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको समेत जानकारी गराएको छ ।
जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ ।
भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।