२०८२ फाल्गुन २२ , शुक्रवार

बालानन्द शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी

Balananda-Sharma_3rKrYu7HmG

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छिन् ।

 

केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।

उनको विज्ञतालाई समेत ख्याल गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

 

अब प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय राखेकी छिन् । आज हुन लागेको मन्त्रिपरषद् विस्तार पाँचौपटक भएको हो ।

 

पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ ।