
सुनाखरी न्युज/ काठमाडौं ।
बिर्तामोडको सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले त्यहाँको होटेलबाट एक युवतीलाई पक्राउ गरेको छ । बिर्तामोडका विभिन्न होटलमा यौन धन्दा हुने गरेको जनगुनासो बढेपछि प्रहरीले छापा मारेको हो। बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनका विभिन्न होटलबाट यौन धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात जना र सूर्योदय टोलको एउटा घरबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले बिर्तामोड एरियाका अन्य होटलरुमा पनि छापा मारिरहेको अनारमनीका डीएसपी रूगम बहादुर कुँबरले जानकारी दिएका छन्।
पक्राउ परेकामध्ये एक जना बिरामीसमेत रहेको पाइएकोले उसलाई रेखदेखका लागि भनी २ जनालाई अस्पताल पठाइएको र बाँकी ७ जनालाई म्याद थप्न जिल्ला अदालततर्फ लगिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ पर्ने युवतीहरू २० देखि ३० वर्षका भएको र उनीहरू बिर्तामोड, भद्रपुर र हल्दीवारीका रहेको प्रहरीले जनाएको छ । राजमार्ग आसपासका होटलहरूमा खुलेआम यौनधन्दा सञ्चालन हुँदा समेत प्रहरी प्रशासन मौन बसेको थियो । स्थानीयको गुनासोपछि प्रहरी बल्ल एक्सनमा उत्रिएको स्थानीयको भनाई छ ।