२०८२ फाल्गुन २३ , शनिवार

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

PR on appointment of Chairman of NIC ASIA Bank-photo

सुनाखरी न्युज/ काठमाडौं ।
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवाल बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् । २०८२÷०९÷०९ मा बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त वहाँले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।