
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ ।
बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
भित्र छलफल चलिरहँदा घरबाहिर जेन-जी अगुवा सुधन गुरुङलगायत उपस्थित छन् ।
सुधन जुनसुकै हालतमा पनि उनीहरू दुई जना मिल्नुपर्ने बताउँछन् ।