२०८२ फाल्गुन २६ , मंगलबार

रविलाई भेट्न जाँदै बालेन, भेटे कुलमान

balen kul man

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह र भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ बीच भेटवार्ता भएको छ ।

 

ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा उनीहरूको भेटवार्ता भएको हो । बेन मेयर शाहका सल्लाहकार हुन् । उज्यालो नेपालमा संरक्षक घिसिङ र मेयर शाहबीच आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

घिसिङलाई भेटेपछि मेयर शाह भने रास्वपा सभापति रवि लामिछानेसँग भेट्न निस्किएको स्रोतले बतायो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहले वैकल्पिक शक्ति मिलेर अघि बढ्ने गरी छलफल चलिरहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए । यसअघि पनि घिसिङ र मेयर बालेनबीच भेटवार्ता भएको थियो ।