
सुनाखरी न्युज/ काठमाडौं ।
पाल्पा सिमेन्टले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ ।
यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ । कम्पनीमा आरएमसी ग्रुपको लगानी छ ।