२०८२ फाल्गुन २२ , शुक्रवार

नागरिक लगानी कोषको पुस ३० मा साधारणसभा

Cit Building

सुनाखरी न्युज/ काठमाडौं ।

नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो ।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१-८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।