
फलफूल तथा तरकारी बजार कालीमाटीमा रायो सागमा अत्यधिक विषादी देखिएको छ । बुधबार प्रयोगशाला एकाइले गरेको परीक्षणमा सागमा खानै नमिल्ने स्तरको विषादी भेटिएको हो ।
विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।
प्रयोगशाला एकाइका अनुसार, ३५ प्रतिशतभन्दा कम कीटनाशक विषादी देखिएमा उपयोगयोग्य मानिन्छ ।तर, ४५ प्रतिशतभन्दा बढी कीटनाशक विषादी देखिए बिसर्जन गर्नुपर्ने पनि प्रयोगशालाले जनाएको छ ।