
साताको चौथो कारोबार दिन बुधबार ( आज ) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १. ३७ अंकले बढेर २५८५. ८७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३. २७ अंकले बढेर २५८४. ४९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १११ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य ५. ३२ प्रतिशतले बढेको हो । आज ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४. २३ प्रतिशतले घटेको छ ।