२०८२ फाल्गुन २२ , शुक्रवार

क्यासिनोमा ‘आइ लेन्स’ प्रयोग गरेर ठगी गर्ने ७ जना पक्राउ

7-jana-pakrau

सुनाखरी न्युज/ काठमाडौं ।

तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्नेरखेलाउने ७ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत पक्राउबारे जानकारी गराएको छ। प्रहरीका अनुसार, भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट आयोजना गर्ने बहानामा स्क्याम गरेर ठगी गर्ने कार्य गर्दै आएको थियो।

काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलको छायादेवी कम्प्लेक्समा रहेको क्यासिनोबाट पक्राउ पर्नेमा भारतीय नागरिकहरूस ५७ वर्षीय सुरेश महाजंग, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय विक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा, नेपाली नागरिक ४० वर्षीय भवानी पाण्डे र ३६ वर्षीय चिजा खड्का छन् ।भारतीयहरू मंसिर २६ मा भारतबाट आएर क्यासिनो गएका थिए । उनीहरूविरुद्ध आँखामा लेन्स प्रयोग गरेर ठगी गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले  बताए ।

आरोपीहरूले प्रयोग गर्ने तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसको कनेक्सन आँखामा प्रयोग गरिने लेन्ससँग जोडेर जुवा जित्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लेन्स प्रयोग गरेकाहरूले पहिले नै हार–जितबारे थाहा पाउँछन् । त्यसबारे थाहा नभएका खेलाडीहरूलाई हराएर उनीहरूले करोडौं जित्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।