२०८२ फाल्गुन २२ , शुक्रवार

नख्खु कारागारबाट फरार कैदी रोल्पाबाट पक्राउ

kaidi

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा युवकको हत्या गरेका थिए, उनी रोल्पाबाट प्रहरीले पक्राउ गरेको छ। फरार कैदी आकाश मगरलाई पक्राउ गरी अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

घटना १३ असोजको हो। मकवानपुर घर भएका २५ वर्षीय युवक तामाङ मनमैजु बस्दै आएका थिए। प्रहरीले बताएको अनुसार आकाश मगरले खुकुरी प्रहार गरी उनलाई घाइते बनाएका थिए। घाइते युवकलाई उपचारका लागि वीर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानले पुरानो रिस र विवादका कारण हत्या भएको हुनसक्ने देखाएको छ।

फरार कैदी मगरलाई लुटपाट तथा डकैतीको आरोपमा कारागार चलान गरिएको थियो। उनी २४ भदौमा जेन–जी आन्दोलनको क्रममा कारागारमा भएको तोडफोडमा भागेर फरार भएका थिए।

हत्यापछि प्रहरीले घटनास्थल वरिपरि रहेको सीसीटीभी फुटेज, प्राविधिक तथा म्यानुअल अनुसन्धानका आधारमा आकाश मगरको संलग्नता पत्ता लगाएको थियो। प्रहरीले अब उनलाई कानून बमोजिम थप अनुसन्धान र आवश्यक कारबाहीको लागि जिम्मा लगाउने तयारी गरेको छ।