२०८२ फाल्गुन २२ , शुक्रवार

फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

gover-ganesh

 

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी माघ १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘गोबर गणेश’ बोलको यस गीतमा चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर रहेको छ भने शब्द तथा सङ्गीत बाबुल गिरीले तयार पारेका हुन्।

सार्वजनिक गीतले चलचित्रको मूल कथा र यसको प्रस्तुति शैलीलाई झल्काएको छ। विशेष गरी सबै कुरामा अब्बल भए पनि पढाइमा कमजोर हुँदा एउटा व्यक्तिको आत्मविश्वास कसरी गिर्छ र समाज एवं साथीभाइबीच कस्तो नकारात्मक प्रभाव पर्छ भन्ने विषयलाई गीतमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा फिचर्ड छन्। भिडियोमा मरिचमानका साथै अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता निर्मल शर्मालाई पनि प्रमुख रूपमा देख्न सकिन्छ। चलचित्रलाई स्वयं मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे० ले निर्देशन गरेका हुन्।

‘बल्छी धुर्वे फिल्मस’को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विनोद न्यौपाने, पदम तामाङ, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ। शिवराम श्रेष्ठको छायाङ्कन र विपीन मल्लको सम्पादन रहेको यो चलचित्र हाल पोस्ट(प्रोडक्सनको अन्तिम चरणमा छ। नेपालभर यस चलचित्रलाई श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।