२०८२ फाल्गुन २२ , शुक्रवार

पुरुषलाई जबर्जस्ती करणी गर्ने महिला पक्राउ

screenshot-2025-12-24-105832_uNdMzaBSf1

सुनाखरी न्युज/ काठमाडौं ।

स्याङ्जाको फेदीखोला गाउँपालिका निवासी सावित्री सापकोटा २५ वर्षपछि पक्राउ परेकी छन्।

आफ्नै हाडनाता पर्ने व्यक्तिलाई जबर्जस्ती क’रणी गरेको अभियोगमा उनलाई २०५७ साल वैशाख २१ गते जिल्ला अदालत स्याङ्जाले ३ महिना कैद सजाय सुनाएको थियो।

फैसला लगत्तै फरार भएकी सापकोटा लामो समयदेखि लुकिछिपी बस्दै आएकी थिइन्। प्रहरीले उनलाई हालै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरेको छ।