२०८२ फाल्गुन २२ , शुक्रवार

कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने

Neb1628330867

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले  vकक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको जानकारी दिएको छ ।

०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका (सुरुका दुई अंक ७९) अन्तिमपटक, ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

 

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।