
सुनाखरी न्युज/ काठमाडौं।
भक्तपुर नगरपालिका–३, वंशगोपाल डेगामनास्थित निर्माणाधीन एक घरमा काम गर्ने मजदुरको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।
उदयपुर घर भएका ठकुरीको हत्यामा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्न देखिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।