२०८२ फाल्गुन २६ , मंगलबार

डिजेल, पेट्रोल र एलपीजी ग्यास आयातमा पाँच महिनामा ९५ अर्बभन्दा बढी खर्च

petrol

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो पाँच महिनामा नेपालले  ९५ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।

भन्सार विभागले सोमबार (पुस ७) सार्वजनिक गरेको विवरणानुसार, गएको साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा नेपालले ९५ अर्ब ३३ करोड १० लाख ८८ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।

बितेको पाँच महिनामा नेपालले ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँको डिजेट आयात गरेको छ । सोही अवधिमा २७ अर्ब ३३ करोड दुई लाख १४ हजार रुपैयाँको पेट्रोल आयात गरिएको विभागको तथ्यांक छ ।

पछिल्लो पाँच महिनामा २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपैयाँको एलपीजी ग्यास आयात गरिएको विभागले जनाएको छ ।